कंगनाको ट्विटर अकाउन्ट सस्पेन्ड

बलिउड अभिनेत्री कंगना रनौतको ट्विटर अकाउन्ड निलम्बन गरिएको छ।

पश्चिम बंगालकाे हिंसा सम्बन्धी विवादास्पद ट्विट गरेपछि उनको अकाउन्ट निलम्बन गरिएको हो।

कंगनाले सोमबार बंगालको हिंसाबारे गरेको ट्विटपछि उनलाई हिंसा भड्काएको आरोप ट्विटर प्रयोगकर्ताले लगाएका थिए।

कतिपय मानिसहरुले कंगनाको ट्विटर अकाउन्ट बन्द गरिनुपर्ने रिपोर्ट गरेका थिए।

ट्विटरले कंगनाको अकाउन्ट निलम्बन गर्नुको खास कारण उल्लेख गरेको छैन ।

ट्विटरमा कंगनाको पेजमा लेखिएको छ, ‘ट्विटरले त्यस्ता व्यक्तिको अकाउन्ट निलम्बन गर्छ जसले नियमको उल्लंघन गर्छ।’

कंगनालाई पछिल्लाे समय माेदी सरकारकाे अन्धभक्तकाे आराेप लाग्ने गरेकाे थियाे।

बैशाख २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्