बिहारमा मे १५ सम्म लकडाउन

नीतीश कुमार।

कोरोना भाइरसको संक्रमण नियन्त्रण बाहिर जाने देखिएपछि भारतको बिहारमा मे १५ सम्म लकडाउन गरिने भएको छ। बिहार सरकारले मे १५ सम्म लकडाउन गर्ने घोषणा गरेको हो।

यस अवधिमा सरकारी तथा निजी सबै कार्यालयहरु बन्द रहनेछन्। अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरु मात्रै खोल्न पाइने छ।

लकडाउनको अवधिमा रेष्टुरेन्टले विहान ९ बजेदेखि राति ९ बजेसम्म होम डेलिभरी सेवा सञ्चालन गर्न पाउनेछन्।

यस्तै विवाहमा ५० जनाभन्दा बढी सहभागी हुन पाउने छैनन्। विवाहअघि नजिकैको प्रहरी चौकीलाई जानकारी गराउनु पर्नेछ। अन्तिम संस्कारमा २० जना सहभागी हुन पाउने छन्।

बिहारका मुख्यमन्त्री नीतीश कुमारले मन्त्री तथा अधिकारीहरुसँगको छलफलपछि लकडाउनको घोषणा गरेका हुन्। उनले मंगलबार सामाजिक सञ्जालमार्फत लकडाउनको जानकारी गराएका छन्।

यसअघि भारतका महाराष्ट्र, राजस्थान, दिल्ली, उत्तर प्रदेश, हरियाणा, गोवा, कर्नाटक र झारखण्डमा लकडाउन लगाइएको छ।

बैशाख २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्