कांग्रेस प्रभावशाली नेताहरुको बैठक जारी

काठमाडौँ – विकसित राजनीति घटनाक्रमबारे छलफल गर्न कांग्रेसका प्रभावशाली नेताहरुको बैठक बसिरहेको छ।

सभापति शेरबादुर देउवाको निवास बुढानिलकण्डमा पार्टीका वर्तमान र पूर्व पदाधिकारीहरुको बैठक बसिरहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एक्कासी विश्वासको मत लिनका लागि संसदको विशेष अधिवेशन आह्वान गरेपछि गरेपछि भावी रणनीति तय गर्न सभापति देउवाले बैठक बोलाएका हुन्।

बैठकमा ओलीलाई विश्वासको मत लिनबाट रोक्ने र नयाँ सरकार गठन गर्ने विषयमा छलफल भइहरेको एक नेताले जानकारी दिए।

यसअघि सरकारको नेतृत्व गर्न माओवादी केन्द्र र माधव नेपाल पक्ष गर्दै आएको आग्रहलाई देउवाले बेवास्ता गर्दै आएका थिए।

ओलीले विश्वासको मत लिने निर्णय गरेपछि सोमबार देउवा र प्रचण्डबीच टेलिफोनमा कुराकानी भएको स्रोतको दाबी छ।

उनीहरुबीच ओलीलाई कसरी सत्ताबाट निकाल्ने भन्ने विषयमा छलफल केन्द्रित थियो।

बैशाख २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्