उपत्यकामा २९ गतेसम्म निषेधाज्ञा लम्बियो, पसल बिहान २ घन्टामात्रै खोल्न पाइने

काठमाडौँ – काठमाडौँ उपत्यकामा निषेधाज्ञा वैशाख २९ गतेसम्मलाई लम्ब्याइएको छ।

मंगलबार बसेको काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोना संक्रणमलाई रोक्न थप एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

अब हुने निषेधाज्ञा थप कडा हुने जनाइएको छ।

सिडिओहरुको बैठकले अब खाद्यन्न पसल बिहान मात्रै खोल्न दिने निर्णय पनि गरेको छ। यसअघि बिहान बेलुका नै खुल्दै आएका पसल अब बिहान ७ देखि ९ बजेसम्म मात्रै खुल्ने भएका हुन्।

यसअघि १६ गतेदेखि भोलि २२ गतेसम्म उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा जारी छ।

बैशाख २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्