उपत्यकाबाहिर जान स्थानीय तहको सिफारिस चाहिने, क्वारेन्टिन राख्ने प्रतिबद्धता अनिवार्य

काठमाडौँ – उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले बाहिर जिल्ला जान कडाइ गरेको छ।

मंगलबार बसेको काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यका बाहिर जान सम्बन्धित स्थानीय तहको सिफारिस अनिवार्य चाहिने र उसले १० दिन क्वारेन्टिनमा राख्ने प्रतिबद्धता व्यक्त गरेको हुनुपर्नेछ। त्यस्तो अवस्थामा मात्रै उपत्यका छाड्न दिने निर्णय सिडियोहरुले गरको छन्।

२९ गतेसम्म लक डाउन थप कडा पार्ने निर्णय गर्दैै तीनवटै जिल्लाका सिडियोहरुले अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्था संस्थान, बिमा लगायतका कार्यालयहरु एक चौथाई मात्रै कर्मचारी उपस्थित हुनुपर्ने निर्णय गरेका छन्।

उपत्यकाका बैंक तथा वित्तीय संस्थामा २५ प्रतिशत शाखा कार्यालयहरु मात्र खुल्ला गर्न दिने र केन्द्रीय कार्यालयहरुमा २० प्रतिशत मात्रै जनशक्ति उपस्थित गराउन निर्देशन दिएको छ। बैंकका लागि सीमित पास मात्र जारी गर्ने जनाइएको छ।

सिडियोहरुले खाद्यन्न पसल बिहान ७ देखि ९ बजेसम्म दुई घण्टा मात्रै खुला गर्न दिने जनाएका छन्।

त्यस्तै अत्यावश्यक कार्यहरु जस्तै, बिरामी कुरुवा मृत्यु संस्कार तथा मलामीको हकका लागि आवश्यक कागजात र सम्बन्धित स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले सहजीकरण भएको छ।

विकास निर्माणमा सम्बन्धित आयोजनाहरुले नै आवासीय कामदार राखी अनिवार्यरुपले स्वास्थ्य मापदण्ड पालना गरी काम गर्न पाउनेछन्।

पत्रकार तथा सञ्चारकर्मीलाई सूचना विभागको प्रेस पासका आधारमा आवत जावत गर्न दिने,फुटपाथ तथा खुल्ला ठाँउ तथा ठेलागाडा वा साइकलमा संचालन हुने विभिन्न व्यापार व्यवसाय संचालन एवं कवाडी संकलन गर्न रोक लगाउने र यस अघि जारी गरिएका सबै सवारी पास खारेज गर्ने निर्णय प्रशासन कार्यालयहरुले गरेका छन्।

बैशाख २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्