दुर्घटनामा परी बैतडीमा ४ जनाको मृत्यु

फाइल तस्विर

काठमाडौँ – बैतडीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

पञ्चेश्वर गाउँपालिका वडा नम्बर–६ को गणमेश्रमा से १ ज १८३ नम्बरको जिप दुर्घटना हुँदा चारको मृत्यु र ६ जना घाइते भएका हुन्।

दुर्घटनामा मृत्यु हुनेमा ५० वर्षीय जीतसिंह भण्डारी, अन्दाजी ३० वर्षीय डम्मरसिंह भण्डारी, २७ वर्षीय हिक्मत भण्डारी र ४० वर्षीय दीपक भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दियो।

घाइते ६ जनालाई उपचारको लागि जिल्ला अस्पतात बैतडी लगिएको छ। सवारीमा १० जना चढेका थिए।

बैशाख २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्