सात अध्यादेश जारी

काठमाडौँ – सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डरीले सातवटा अध्यादेश जारी गरेकी छिन्।

यसअघि नै जारी भएका अध्यादेश संसद चले पनि पेश हुन नसकेपछि पुनः मंगलबार जारी गरिएको हो।

संसद अधिवेशनको पहिलो बैठकमा अध्यादेशहरु पेश गर्नुपर्ने भए पनि दलहरुको विरोधका कारण पेश भएन।

फागुन २३ गते सर्वोच्चको आदेशअनुसार पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक बसेको थियो। उक्त दिन साविक नेकपाको प्रचण्ड माधव नेपाल पक्ष र कांग्रेसको विरोधका कारण अध्यादेश पेश भएन।

त्यसपछि सरकार आफैँ ती अध्यादेश सदनमा पेश गर्ने र पारित गर्ने पक्षमा देखिएको थिएन। मंगलबार तीन अध्यादेशलाई दोस्रोपटक जारी गरिएको हो।

यी हुन मंगबार जारी भएका सात अध्यादेशहरु

१। यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८

२। फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८

३। औषधि ९तेस्रो संशोधन० अध्यादेश, २०७८

४। संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी ९पहिलो संशोधन० अध्यादेश, २०७८

५। सामाजिक सुरक्षा ९पहिलो संशोधन० अध्यादेश, २०७८

६। नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय० ९पहिलो संशोधन० अध्यादेश, २०७८

७। तेजाब तथा अन्य घातक रासायनिक पदार्थ ९नियमन० अध्यादेश, २०७८

बैशाख २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्