अक्सिजनको सपोर्टमा झलनाथ खनालको उपचार हुँदै, अवस्था सुधारोन्मुख

फाइल तस्बिर।

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा सुधार आएको छ।

कोरोना भाइरसको संक्रमणपछि शनिबार अस्पताल भर्ना भएका खनालको स्वास्थ्यमा सुधार भइरहेको नर्भिक अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार उनलाई अक्सिजनमा राखेर उपचार भइरहेको छ। अक्सिजनको सपोर्टमा राखिएको भएपनि खनालको स्वास्थ्य सधारोन्मुख रहेको अस्पतालले जानकारी दिएको छ।

बैशाख २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्