पत्रकार महासंघले पत्रकारहरुलाई हरेक बिहान अनलाइनमा योग गराउने

काठमाडौँ – नेपाल पत्रकार महासंघले पत्रकारहरुलाई योग गराउने भएको छ।

दिनदिनै कोरोना संक्रमण बढ्दै गएको अवस्थामा रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि बुधबारदेखि बिहान डेढ घण्टा जुममार्फत योग गराउने भएको हो।

महासचिव रोशन पुरीका अनुसार प्रत्येक दिन बिहान ४ः३० बजेदेखि बिहान ६ बजेसम्म योग अभ्यास गराइनेछ।

योग प्रशिक्षकका रुपमा गणेशदत्त भट्ट छन्।

बैशाख २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्