विवाह भएको ९ दिनमै युवतीको लियो कोरोनाले ज्यान

काठमाडौँ- भक्तपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित युवतीको सोमबार मृत्यु भएको छ।२३ वर्षीय ती युवतीको आईसियूमा राखेर उपचार भइरहेको थियो। ती युवतीको ९ दिनअगाडि मात्र विवाह भएको थियो।विवाहलगत्तै उनलाई कोरोनाको लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको थियो। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आईसीयू वार्डमा सारिएको थियो।

मृतक युवतीका परिवारका अन्य सदस्यमा पनि कोरोना संक्रमण रहेको बताइएको छ।

 

 

 

 

बैशाख २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्