बाँकेमा मंगलबार ६०४ जना संक्रमित थपिए, ३४२ डिस्चार्ज

नेपालगञ्ज– बाँकेमा मंगलबार ६ सय ४ जना कोरोना संक्रमित थपिएका छन्।

भेरी अस्पताल नेपालगञ्ज र मेडिकल कलेज कोहलपुरमा गरिएको ९ सय २४ जनाको परीक्षणमा ६ सय ४ जनालाई कोरोना पुष्टि भएको हो।

भेरीमा ६ सय २५ जनाको परीक्षण गरिएकोमा ३ सय ९४ र मेडिकल कलेज, कोहलपुरमा २ सय ९९ जनाको पीसीआर परीक्षण गरिएकोमा २ सय १० जनामा कोरोना देखिएको हो।

जिल्लामा चार ठाउँमा कोरोना परीक्षण हुने गर्दछ। बागेश्वरी ल्याब र जमुनाहाको परीक्षणको रिपोर्ट आइसकेको छैन।

यसैबीच मंगलबार जिल्लामा ३ सय ४२ जना डिस्चार्ज भएका छन्। एक सय ८२ पुरुष र एक सय ६० जना महिलाले कोरोना जितेको फोकलपर्सन तेजबहादुर वलीले जानकारी दिए।

लक्षण चिह्न नदेखिएका संक्रमितलाई दशौँ दिनपछि डिस्चार्ज गर्ने गरिन्छ।

बैशाख २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्