काठमाडौँ उपत्यकामा थपिए ३८९३ जना कोरोना संक्रमित

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३ हजार ८ सय ९३ जना कोरोना संक्रमित थपिएका छन्।

काठमाडौँमा २ हजार ७ सय ७९, भक्तपुरमा ५१३ र ललितपुरमा ६०१ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर थप ५५ कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ४ सय १७ पुगेको छ।

हाल देशभर ५९ हजार ७९८ सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ७ सय ७५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ८७ हजार ७९० पुगेको छ।

बैशाख २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्