पछिल्लो २४ घन्टामा ७६६० संक्रमित, ५५ जनाको मृत्यु, संक्रमण दर ४६ प्रतिशत

काठमाडौँ- पछिल्लो २४ घन्टामा देशभरमा ७६६० नयाँ कोरोना संक्रमित थपिएका छन्।

त्यस्तै, गत २४ घन्टामा कोरोना संक्रमणबाट ५५ जनाको ज्यान गुमेको छ।

१६ हजार १३१ जनाको पीसीआर परीक्षण गर्दा ७५८७ र ५७१ एन्टिजेन परीक्षणबाट ७३ जना नयाँ संक्रमित थपिएका हुन्। यो ४५ दशमलव ८६ प्रतिशत हो।

काठमाडौँमा २७७९, भक्तपुरमा ६०१ र ललितपुरमा ५१३ नयाँ कोरोना संक्रमित थपिएका छन्।

बैशाख २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्