विश्वासको मतको विपक्षमा उभिन प्रचण्डको देउवालाई प्रस्ताव

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको विश्वासको मतको विपक्षमा उभिन आग्रह गरेका छन्।

प्रचण्डको उक्त आग्रहलार्ई देउवाले सकारात्मकरुपमा लिएको प्रचण्ड निकट स्रोतले जनाएको छ। देउवासँग सोमबार साँझ टेलिफोन वार्तामा प्रचण्डले देउवालाई त्यस्तो आग्रह गरेका थिए।

देउवाले यसबारे आफ्नो पार्टीमा छलफल भएपछि मात्रै आफनो धारणा राख्ने प्रचण्डलाई बताएका थिए।

बैशाख २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्