काठमाडौँ – ठमेलको टिम्बर हाउस होटलले आइसोलेसन सञ्चालन गरेको छ।

कोरोना संक्रमितलाई चिकित्सकसहितको सुविधा लिएर होटललाई सुविधा सम्पन्न आइसोलेनमा परिणत गरिएको हो।

३५ बेडको उक्त होटलका ६ कोठा वटा मंगलबारसम्म प्याक भइसकेको सञ्चालक राजेन्द्र अम्गाईंले जानकारी दिए।

एउटै परिवाका सदस्य र सहकर्मी संक्रमितलाई एउटै कोठामा राखिए पनि अपरिचितलाई छुट्टा छुट्टै कोठामा राखिने उनको भनाइ छ।

दिनको चारपटक खाजा खाना, सरसफाइ र चिकित्सको सुविधासहित एक दिनको एक जनालाई सात शुल्क तोकिएको अम्गाईंले जानकारी दिए।

नेपाल र भारतमा कोेरोना महामारी बढेसँगै ठमेलका अस्पताल कोरोना संक्रमितले भरिभराउन हुन थालेका छन्।

सुविधा सम्पन्न होटललाई संक्रमितको रोजाइमा सञ्चालकले आइसोलेसनमा परिणत गरेका हुन्।