कोरोनाबाट बाराका थप दुईजनाको मृत्यु

सांकेतिक तस्बिर।

वीरगञ्ज– बाराका थप दुई जना कोरोना संक्रमितको उपचारको क्रममा मंगलबार मृत्यु भएको छ।

कोरोना संक्रमणका कारण बाराको फेटा गाउँपालिका–२ निवासी ३५ वर्षका युवक र जीतपुर सिमरा उपमहानगरपालिका–२१ अम्लेखगन्जका ५९ वर्षका पुरुषको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

दुबै जनाको उपचारको क्रममा मंगलबार मृत्यु भएको हो। ३५ वर्षका युवकको वीरगन्जको नेशनल मेडिकल कलेजले सन्चालन गरेको बाबा होटेलको आइसोलेशनमा दिउँसो २ बजे मृत्यु भएको हो।

यस्तै अमलेखगञ्जका ५९ वर्षका पुरुषको उपचारको क्रममा हेटौंडा अस्पतालमा आज १२ बजेर ५० मिनेटमा मृत्यु भएको हो।

बैशाख २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्