अस्पतालमा बेड नपाएका चार जनाको फिभर क्लिनिकमै मृत्यु

सांकेतिक तस्बिर।

बुटवल – रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत चार जना कोरोना संक्रमितको मृत्यु भएको छ।

अस्पतालको फिभर क्लिनिकमा उपचाररत तीनजना महिला र एक पुरुष संक्रमितको ज्यान गएको हो।

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–१२ का ४७ वर्षीय पुरुष, कन्चन गाउँपालिका–४ की २७ वर्षीय महिला, बुटवल–९ की ५४ वर्षीया महिला र तिलोत्तमा नगरपालिका–४ की ४० वर्षीया महिला रहेका छन्।

अस्पतालका अनुसार कोरोना विषेश अस्थायी अस्पतालमा बेड नपाएपछि उनीहरुलाई फिभर क्लिनिकमा नै उपचारका लागि राखिएको थियो।

बैशाख २२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्