भारतसँग जोडिएका धनुषाका सबै सीमा नाका बन्द

जनकपुरधाम – धनुषासँग जोडिएको भारतीय सीमा नाका बन्द भएको छ।

कोरोनाको दोस्रो लहर तीव्र रुपमा बढिरहेको समय धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले एक सूचना जारी गर्दै धनुषासँग जोडिएको सबै नाका बन्द भएको जानकारी दिएका छन्।

प्रजिअ बास्तोलाले नेपाल सरकार मन्त्रीपरिषद्को आइतबारको निर्णयमा नेपाल भारतबीच आवतजावत गर्न यस जिल्लाको कुनै नाका नपरेकोले जिल्लाका नाकाबाट भारत तर्फ आवत जावत गर्न निषेध गरेको जानकारी दिएका छन्।

धनुषासँग जुडिएको जटही नाका, इनर्वा नाका लगायत सबै नाकाबाट अब आवतजावत गर्न रोक लगाइएको छ।

बैशाख २२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्