धनुषामा ५ जना कैदीमा कोरोना संक्रमण पुष्टि

जनकपुरधाम – धनुषामा ५ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा रहेकामध्ये ५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए

जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा रहेका ७ जनालाई कारागार पठाउनुपर्ने भएकाले कोरोना परीक्षण गर्दा ५ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरी उपरीक्षक रानाभाटले बताए।

संक्रमितहरू कैदीबन्दी २२ वर्षदेखि ४० वर्षसम्मका छन्। संक्रमित कैदीलाई जिल्ला प्रहरी कार्यालयभित्रै अलग आइसोलेसन कक्षको व्यवस्था गरिएको रानाभाटले बताए।

 

बैशाख २२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्