बाँकेमा ८ सय ५१ संक्रमित थपिए, दुई सय ९३ डिस्चार्ज

नेपालगञ्ज – बाँकेमा बुधबार अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन्।

जिल्लाको तीन वटा प्रयोगशालामा गरिएको परीक्षणमा ८ सय ५१ जनामा कोरोना पुष्टि भएको हो।

भेरी अस्पताल, नेपालगञ्जमा ५ सय ३५ जनाको परीक्षण गर्दा ४ सय २७ जनामा कोरोना देखिएको छ।

मेडिकल कलेज, कोहलपुरमा २ सय १९ जनाको परीक्षण गर्दा एक सय ८५ र बागेश्वरी ल्याबमा ३ सय ८२ जनाको परीक्षण गर्दा २ सय ३९ जनामा कोरोना पुष्टि भएको छ।
भारतबाट फर्किएका व्यक्तिको जमुनाहामा पनि परीक्षण हुने गर्छ। त्यहाँको रिपोर्ट आइसकेको छैन।
यसैबीच, बुधबार २ सय ९३ जना डिस्चार्ज भएका छन्।

त्यसमा एक सय २३ महिला र एक सय ७० जना पुरुष छन्। बाँकेमा अस्पतालमा ५ सय ८२ र होम आइसोलेसनमा तीन हजार पाँच सय ८१ जना छन्।

बैशाख २२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्