रहीम स्ट्रर्लिङ्गमाथि सामाजिक सञ्जाल मार्फत रंगभेदी व्यवहार

म्यानचेस्टर सिटीका फरवार्ड रहीम स्ट्रर्लिङ्गमाथि सामाजिक सञ्जालमा रंगभेदी व्यवहार भएको छ।

स्ट्रर्लिङ्गले अनलाईन मार्फत भइरहेको दुर्व्यवहारको विरोधका चार दिनका लागि सामाजिक सञ्जाल बहिष्कार गरेका थिए । सो अवधि सकिए लगत्तै उनीमाथि रंगभेदी व्यवहार भएको हो ।

इन्स्टाग्रामको पनि स्वामित्व रहेको फेसबुकका प्रवक्ताले रंगभेदी टिप्पणी हटाइएको र सम्बन्धित एकाउन्टलाई कारवाही गरिएको बताएका छन् ।

२६ वर्षका स्ट्रर्लिङ्गमाथि जुन रुपमा दुर्व्यवहार भयो त्यो अस्वीकार्य रहेको पनि फेसबुकले जनाएको छ।

सन् २०२० को जनवरीमा स्ट्रर्लिङ्गमाथि रंगभेदी व्यवहार गर्ने दुई समर्थकलाई म्यानचेस्टर सिटीले पाँच वर्षका लागि फुटबल खेलमा आउन नपाउने गरि प्रतिबन्ध लगाएको थियो।

बैशाख २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्