विराटनगरमा चारजना कोरोना संक्रमितको मृत्यु

सांकेतिक तस्बिर।

मोरङ – पछिल्लो २४ घण्टामा विराटनगरका विभिन्न अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको मृत्यु भएको छ।

विराटनगर–१० स्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा तीन पुरुष र एक महिलाको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो।

कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रका संयोजक बैजनाथ साहका अनुसार बिहीबार बिहान ३ बजे विराटनगर महानगरपालिका–१० का ५७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । बुधबार केन्द्रमा भर्ना गरिएका उनको बिहान मृत्यु भएको हो ।

त्यसैगरि, बिहान करिब साढे ३ बजे उपचारका क्रममा २५ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । मोरङ जहदा गाँउपालिकाका उनलाई संक्रमण पुष्टि भएपछि वैशाख १९ गते केन्द्रमा थप उपचारका लागि भर्ना गरिएको थियो।
संयोजक साहका अनुसार बिहीबार नै सुनसरीको कोशी गाँउपालिका–४ का एक पुरुषको पनि मृत्यु भएको छ। ती व्यक्तिलाई पनि कोरोना पोजिटिभ भएपछि बुधबार गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको थियो।

यसैबिच बुधबार राति ९ बजेर ३० मिनेटमा विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत महिलाको मृत्यु भएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार कोरोना संक्रमण समेत देखिएकी विराटनगर महानगरपालिका ५ कोचाखालकी ३७ वर्षीया महिलाको रक्तश्राव नरोकिँदा मृत्यु भएको हो।

बैशाख २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्