वीरगञ्जमा शुक्रबारदेखि घुम्ति टोलीद्वारा स्वाब सँकलन गरिने, १ सय बेडको अस्थायी कोभिड अस्पताल पनि सञ्चालन हुदैँ

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाले भोलि (शुक्रबार) देखि घुम्ति टोलिद्वारा स्वाब संकलन परिक्षण गर्ने भएको छ। महानगरको बारुनयन्त्रको कार्यलय आदर्शनगरमा बिहान ७ बजे देखि १० बजे सम्ममा स्वाब लिने महानगरका मेयर बिजय सरावगीले जानकारी दिए ।

यस्तै महानगरको स्वास्थ महाशाखाको घुम्ती टोलीद्वारा महानगरको प्रत्येक वडाहरुमा गइ स्वाब संकलन परिक्षण गर्ने उनले बताए । कोभिड नियन्त्रण र रोकथामलाई अझ प्रभावकारी बनाउनको लागि कोभिड–१९ बिरामीको सम्पर्कमा आएका वा शँका लागेका व्यक्तिहरु तोकिएको ठाँउमा पुगी स्वाब परिक्षण गराउन मेयर सरावगीले आग्रह गरेका छन् ।

स्वाब परिक्षण गराउनको लागि कुनै शुल्क नलाग्ने वीरगञ्ज महानगरपालिकाले जनाएको छ । पछिल्लो समय वीरगञ्ज महानगरपालिकाका स्थानीयबासीहरुमा कोरोना सँक्रमण बढदै गइरहेको छ।

यसैगरि महानगरपालिकाले निर्माण गरेको १ सय बेडको अस्थायी कोभिड अस्पताल पनि शुक्रबारबाट नै सञ्चालनमा ल्याउने भएको छ । वीरगञ्ज महानगरपालिकाले गोपाल मण्डली धर्मशालामा निर्माण गरेको अस्थायी कोभिड अस्पतालको सम्पुर्ण तयारी पुरा भईसकेकोले भोलि(शुक्रबार) बिहान ११ बजेपछि सञ्चालन हुने महानगरका मेयर बिजय सरावगीले जानकारी दिए।

बैशाख २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्