पशुपति विकास कोषका सदस्य सचिव प्रदीप ढकालसँग अन्तर्वार्ता

कोरोनाबाट मृत्यु भएकाहरुको व्यवस्थापन कति चुनौती?

काठमाडौँ– कोरोना भाइरसबाट मृत्युदर बढ्दै जाँदा यसको व्यवस्थापन कसरी भइरहेको छ? अनि यो कति चुनौतीपूर्ण बन्दै छ? प्रश्नहरू सँगसँगै उठ्न थालेका छन्।

विभिन्न अस्पतालबाट पशुपति मन्दिर परिसरको बाग्मती किनारमा शव पुर्‍याउन नेपाली सेनालाई जति मुस्किल पर्दै छ, त्यही अनुपातमा शव व्यवस्थापनमा पशुपति विकास कोषका कर्मचारीलाई चुनौती थपिँदै गएको छ।

तर, त्यहाँ पुगेर नजिकबाट नियाल्दा यस्तो चुनौतीपूर्ण काम पनि यी दुवै पक्षबाट सहज रूपमा फत्ते भएको पाइन्छ।

अर्थात् यी दुवै पक्ष संकटका बेला आफ्नो जिम्मेवारी र दायित्वबाट पछि हटेका छैनन्। त्यसको पुष्टि शवदाह क्षेत्रको दृश्यले पनि गर्छ।
बिहीबार सबैरे त्यहाँ पुग्दा नेपाली सेनाले ५ वटा शव पुर्‍याइसकेको थियो।

आफ्नो मान्छे गुमाउँदा र उनीहरूको अन्तिम संस्कारबाट वञ्चित हुँदाको पीडा एकातिर छताछुल्ल हुँदै गर्दा अर्कोतिर शवदाहका लागि थप ठाउँको निर्माण द्रुत गतिमा भइरहेको थियो।

निर्माण कार्यलाई तीव्रता दिन पशुपति विकास कोषका सदस्य–सचिव प्रदीप ढकाल आफैँ उपस्थित थिए।

कठिन अवस्थामा उनको चिन्ता, छट्पटी र सक्रियता सहजै महसुस गर्न सकिन्थ्यो।

उनको एकातिर संक्रमणको क्षति घट्दै जाओस् भन्ने उनको कामना थियो भने अर्कोतर सेनाले ल्याएका शव व्यवस्थापन सहज रूपमा समयमै गर्न सकियोस् भन्ने चाहना थियो ताकी पीडामा कसैलाई कुराउनु नपरोस्।

संक्रमणबाट मृत्यु भएकाहरूको शवको संख्यात्मक अवस्था, त्यसको व्यवस्थापन, ठाउँको विस्तार, जनशक्ति, त्यसका लागि आवश्यक बजेट विनियोजन, सुरक्षा र आगामी चुनौतीलाई लिएर हामीले उनको भिडियो अन्तर्वार्ता लिएका छौँ।

 

बैशाख २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्