२४ हजार आईसी पर्ने रेम्डेसिभिरलाई १ लाख २० हजार रुपैयाँ मागियो, एक जना पक्राउ

काठमाडौँ- एक डोजको २४ हजार भारतीय रुपैयाँ पर्ने  रेम्डेसिभियरको कालोबजारी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले गोरखा घर भएका रफिक मियालाई पक्राउ  गरेको हो। कोरोना संक्रमितलाई आपतकालिन प्रयोगमा ल्याइने उक्त औषधी एक डोजको एक लाख २० हजार नेपाली रुपैयाँ लिएर विक्री गरेको आरोप रफिकविरुद्ध छ।

‘रेम्डेसिभिरमा ६ वटा इन्जेक्सनको एक डोज हुने रहेछ। एउटा इन्जेक्सनको मुल्य ४ हजार भारतीय रुपैयाँ पर्ने देखिए पनि रफिकले चर्को मुल्य लिएर बेच्ने गरेको पाइयो’ , एसपी कृष्ण पंगेनीले भने।

प्रहरीका अनुसार रफिकले महाराजगंजस्थित सेवा फर्माबाट ल्याएर उक्त औषधीको कालोबजारी गर्ने गरेका थिए। महाशाखाले सेवा फर्मामा पनि सिल गर्ने तयारी गरेको छ। उक्त फर्माका सन्चालक फरार रहेको महाशाखाले जनाएको छ।

बैशाख २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्