बाँकेमा २ सय ७३ जना कोरोना संक्रमित थपिए, ५ सय ८ जना डिस्चार्ज

नेपालगञ्ज – बाँकेका दुई वटा प्रयोगशालामा २ सय ७३ जना कोरोना संक्रमित थपिएका छन्।

कोहलपुर मेडिकल कलेजमा एक सय ९ जनाको परीक्षण गर्दा ८६ जनामा कोरोना पुष्टि भएको छ। बागेश्वरी ल्याबमा २ सय ८३ जनाको परीक्षण गर्दा एक सय ८७ जनालाई कोरोना देखिएको छ।

सबैभन्दा धेरै जनाको स्वाब परीक्षण हुने गरेको भेरी अस्पतालको बिहीबारको रिपोर्ट बाहिर आइसकेको छैन।
भारतबाट आउँदा नाकामा हुने एन्टिजिन जाँचको रिपोर्ट बाहिर ल्याइएको छैन।

यी दुवै ठाउँको रिपोर्ट राती अबेरसम्ममा आउने बताइएको छ। बाँकेका अस्पतालमा ५ सय ७६ जना र होम आइसोलेसनमा ३ हजार ५ सय ५९ जना बिरामी रहेका छन्। भेन्टिलेटरमा १० जना बिरामी छन्।

यसैबीच, बाँकेमा बिहीबार ५ सय ८ जनाले कोरोनालाई जितेका छन्। दुई सय ४१ महिला र २ सय ६७ जना पुरुषले कोरोनालाई जितेका हुन्।
कोरोना जितेकाहरू डिस्चार्ज भएर घर गएका छन्।

बैशाख २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्