प्रेरणा शाहको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौँ- पूर्वअधिराजकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

कोरोना संक्रमण भएपछि विगत १३ दिनदेखि पूर्व राजदम्पती र प्रेरणाको राजधानीको नर्भिक अस्पतालमा उपचार हुँदै आएको थियो।

पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था सामान्य रहेको छ भने आइसियुमा उपचार गराइरहेकी पूर्वरानी कोमल शाहलाई पनि स्वास्थ्यामा सुधार आएपछि क्याबिनमा सारिएको छ।

बैशाख २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्