कांग्रेस संसदीय दलको बैठक शनिबार

फाइल तस्बिर।

काठमाडौँ – कांग्रेस संसदीय दलको बैठक शनिबार बस्ने भएको छ।

आइतबार प्रधानमन्त्रीले विश्वासको मत लिन विशेष अधिवशेन आह्वान भएको अवस्थामा कांग्रेसले शनिबार दिउँसो २ बजे दलको बैठक राखेको हो।

कांग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ।

दलको बैठकमा पनि उक्त निर्णय हुने प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए।

बैशाख २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्