देउवा र नेपालबीच भेट जारी

काठमाडौँ- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले नेता माधवकुमार नेपालबीच अहिले संवाद भइहरेको छ।

स्रोतका अनुसार बुढानिलकण्ठस्थित देउवाको निवासमा उनीहरुबीच संवाद भइरहेको हो।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना ६ विश्वासपात्रसहित हिजो मात्रै देउवासँग छलफल गरेका थिए।

ओली अहिले मन्त्रिपरिषद् बैठकमा छन्। उनले आगामी वैशाख २७ गते संसदमा विश्वासको मत लिने निर्णय गरेपनि त्यसको महोल नमिल्ने देखेपछि संसद अधिवेश नै पर धकल्ने तयारी भइरहेको अड्कलबाजी भइरहेको छ।

बैशाख २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्