काठमाडौं- कोरोना महामारीको नियन्त्रण तथा रोकथामका लागि स्थानीय प्रशासनले  काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्ब्याएर बैशाख २९ गतेसम्म पुर्‍याएपनि बिहान र साँझपख सडकमा मानिसहरुको चहलपहल बाक्लै देखिइरहेको छ।

दुई दिनअघि उपत्यकाका तीनवटै जिल्ला प्रशासनको संयुक्त बैठकले खाद्यान्नलगायत अत्यावश्यक सामग्रीका पसलहरु बिहान मात्र खोल्न दिने निर्णय गरेका थिए।

दिउँसो पसलहरु बन्द रहेपनि साँझ र बिहान खुल्ने गरेको पाइएको छ। मास्क लगाएर बाहिर निस्कनेको संख्या पनि यो समयमा बढी हुन्छ। सडक किनारमा तरकारी बेच्नेहरु पनि धेरै देखिन्छन्।

ठाउँ ठाउँमा प्रहरी  गस्ती देखिएपनि मानिसहरुको चहलपहल भने कम देखिएको छैन

तस्विरहरु – वर्षा शाह