वीरगन्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु

वीरगन्ज – वीरगन्जमा थप एक कोरोना संक्रमितको उपचारका क्रममा बिहीबार मृत्यु भएको छ।

पर्साको विश्रामपुर–२ की ४६ वर्षीया महिलाको उपचार क्रममा अपराह्न पौने ५ बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिए।

बुधबार अस्पतालमा भर्ना भएकी उनको एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो।

बैशाख २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्