ग्लोबल एनआरएन सिंगिङ आइडलः डिजिटल अडिसनबाट ६० जना छानिए

दोहा – ग्लोबल एनआरए सिंगिङ आइडल सेकेन्ड जेनेरेसन–२०२१ को डिजिटल अडिसनबाट ६०जना प्रतिस्पर्धा छनोट भएका छन्। गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्व युवा विभागले आयोजना गरेको ग्लोबल एनआरएन सिंगिङ आइडलमा पहिलो चरणमा ६० जना छानिएका हुन्।

एनआरएनए मध्यपूर्व युवा विभागका संयोजक राज रेग्मीका अनुसार अप्रिल ३० तारिखसम्म प्रतिस्पर्धामा भाग लिन भिडियो पठाएका २ सय ५० भन्दा बढी नवोदित गायक–गायिकाबाट उत्कृष्ट ६० जनालाई छनोट गरिएको हो।

ग्लोबल एनआरएन सिंगिङ आइडलका निर्णायक गायक उदय सोताङ, गायिका प्राश्ना शाक्य, गायक विजय लामा र गायिका सुनिता दुलाल छन् । ६ वटा महादेशस्थित गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद्मार्फत आफूले गाएको गीतको भिडियो आयोजकलाई पठाउनुपर्ने व्यवस्था गरिएको थियो।

ग्लोबल एनआरएन सिंगिङ आइडलको पहिलो संस्करणका लागि छनोट भएका ६० जना प्रतिस्पर्धीले आगामी ओपनिङ राउन्डमा प्रतिस्पर्धा गर्नेछन्।

एनआरएनए मध्यपूर्व युवा संयोजक रेग्मीले गैरआवासीय नेपाली संघको काठमाडौंस्थित मुख्यालयमा औपचारिक कार्यक्रम गरेरै डिजिटल अडिसनका लागि छानिएका प्रतिस्पर्धीको घोषणा गर्ने तय भए पनि कोरोना प्रकोपलाई दृष्टिगत गरी भर्चुअलमार्फत गरिएको बताए।

साथै, आगामी अप्रिल १४ र १५ का लागि तय भएको ओपनिङ राउन्ड काठमाडौंमा जारी लकडाउनका कारण केही दिन पछि सारिने रेग्मीले जानकारी दिए।

‘एनआरएनए अध्यक्ष कुमार पन्तसहित अन्तर्राष्ट्रिय समन्वय परिषद्का केही सदस्यलाई कोरोना संक्रमण देखिएको छ, उहाँहरू आराममा हुनुहुन्छ, त्यसैले केही दिनपछि परिस्थिति अनुकूल भएपछि ओपनिङ राउन्डमा जाने हाम्रो तयारी छ,’ रेग्मीले भने।

ग्लोबल एनआरएन सिंगिङ आइडलमा निर्णायकको मत ६० प्रतिशत र भोटिङमार्फत ४० प्रतिशत अंक प्राप्त गर्नेछन्।
सोही आधारमा प्रतिस्पर्धी अघिल्लो चरणमा प्रवेश गर्नेछन्।

प्रतिस्पर्धीले ओपनिङ राउन्डमा म्युजिक ट्र्याकमा गीत गाउनेछन्। विश्वभरबाट डिजिटल अडिसनमार्फत भिडियो पठाएकामध्ये पहिलो चरणमा ५० जनालाई छनोट गर्ने भनिए पनि उत्कृष्ट गायन भएका थप १० जनालाई पनि समावेश गरिएको रेग्मीले बताए ।

ग्लोबल एनआरएन सिंगिङ आइडलका विजेताले ७ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

त्यसैगरी, दोस्रो पुरस्कार ४ लाख, तेस्रो पुरस्कार दुई लाख, चौथो पुरस्कार एक लाख र पाँचौं पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ।

ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिनेछ।

को–को भए छनोट एनआरएन ग्लोबल सिंगिङ आइडलमा ?

१. दीपेश सिग्देल, नर्वे
२. खेमबहादुर बिक, ओमन
३. निपोन लामा, अस्ट्रिया
४. सौरभ पाख्रिन तामाङ, हङकङ
५. शिवबहादुर घाताङ स्वाङ, कोरिया
६. वामदेव भट्ट, बहराइन
७. भीमराज गुरुङ, क्यानडा
८.अंकिता घतानी, न्युजिल्यान्ड
९.दीप्ति थापा, युके
१०. सोनाम महर्जन, हङकङ
११.कपिल पुनमगर, आयरल्यान्ड
१२.ईभा नेपाल, क्यानडा
१३. जिके पूर्ण लिम्बू, बहराइन
१४.कल्पना श्रीपाल, युके
१५.प्रजिता बास्तोला, यूएसए (मेरिल्यान्ड)
१६. राजीव थापा, अस्ट्रेलिया
१७.मिङमा तामाङ, साइप्रस
१८.निसान ढकाल, अस्ट्रेलिया
१९.आकाश न्यौपाने, जापान
२०.हिमन राई, कुवेत
२१.पारस आचार्य, अस्ट्रेलिया
२२.प्रतीक शिवा, बहराइन
२३. राधिकाकुमार गोले, कोरिया
२४.आयुषा डोटेल, अस्ट्रेलिया
२५.किशोर लम्साल, कतार
२६.अभिषेक लकान्द्री, युएई
२७.वसन्त बिष्ट, बहराइन
२८. सुमन चेम्जुङ र घनश्याम गुरुङ, कुवेत
२९. नरेन्द्र मल्ल, कतार
३०.शहर विश्व, कुवेत
३१. रेसु स्याङ्दान, बहराइन
३२. रुद्र सुन्दास, युएई
३३. सुरज घर्ती, कोरिया
३४. सतिश थापा, कतार
३५. पवन पौडेल, अस्ट्रेलिया
३६. अभिषेक भण्डारी, अस्ट्रेलिया
३७. तीर्थराज निरौला, जापान
३८. सुरज बिक, कतार
३९. लक्ष्मण दर्जी, कतार
४०.निशान्तकुमार विश्वकर्मा, कतार
४१.गोविन्द गुरुङ, कतार
४२. कविता आरबिएम, यूएई
४३. निमा दोर्जे तामाङ, कतार
४४. रुपक दाहाल, अस्ट्रेलिया
४५. नवराज श्रेष्ठ, कतार
४६. सुन्दर लिम्बू, युएई
४७. अमित बिष्ट, युएई
४८. कृष्ण खवास, युएई
४९. सन्देश गुरुङ, युएसए
५०.इन्दिरा शाह,कतार
५१.समीर भट्टराई, साइप्रस
५२. बिबिमल्ल ठकुरी,कुवेत
५३. योसिका कुँवर, मलेसिया
५४. आयुसा मैनाली र समृद्धि श्रेष्ठ, युएसए
५५. हर्ष भण्डारी, युएसए
५६. श्रेयस श्रेष्ठ, युएसए
५७. दीपा भट्टराई, अस्ट्रेलिया
५८.शर्मिला दर्जी, साइप्रस
५९.देवकी न्यौपाने खत्री, युएई
६०.विशाल श्रेष्ठ, कोरिया

बैशाख २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्