यात्रुसँग बढी भाडा लिने थप दुई जनालाई पक्राउ

काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिने थप दुई जनालाई कलंकी चोकबाट पक्राउ गरेको छ।
कलंकी चोकबाट काउन्टरका २ जना कर्मचारीलाई यात्रुसँग मनोमानी भाडा लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।

काठमाडौंदेखि झापा मोरङको नियमित भाडा एक हजार देखि बाह्रसयसम्म भए पनि यात्रुसँग दुई गुणा बढी जनही २५ सयका दरले भाडा उठाउने खोटाङ घर भई कलंकी बस्ने वर्ष ३५ का भीम खड्का र रौतहट घर भई खसीबजार बस्ने वर्ष ५० को बैजनाथ चौधरीलाई महाशाखाको सादा पोसाकको टोलीले बिहीबार पक्राउ गरेको हो।

उपत्यकाको रिङरोडमा चल्ने बा४ख १९२५ नम्बरको पाथिभारा दर्शनको भाडा बसमा यात्रु लग्ने गरी टिकट काटिएको समेत पाइएको महाशाखाले जनाएको छ।

बैशाख २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्