बेलौरीबाट अवैध २०० बोरा मलखाद बरामद

धनगढी – कञ्चनपुरको दक्षिणी क्षेत्रमा पर्ने बेलौरी नगरपालिकामा अवैध रुपमा भेटिएको मल बरामद गरिएको छ।

बेलौरी नगरपालिकाको वडा नम्बर १० सडकघाटमा प्रहरी चौकी भुडाका प्रहरी सहायक निरीक्षक लोकेश नाथको कमाण्डममा खटिएको टोलीले बिहीबार राती मल बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्रीले बताए।

प्रहरीले गस्ती गरिरहेको अवस्थामा दुई थान भारतिय ट्रलीमा लोड गरिएको युरिया मलखाद बरामद गरेको हो।

ट्र्याक्टर सहित नेपाली सिमा भित्र पसेको मलखादलाइ ट्र्याक्टरले ट्रली छाडेर भागेको उनले बताए। कोभिडको दोश्रो भेरियन्टका बेला लकडाउनको समय भारतिय नाकाहरु बन्द गरिएका बेला अवैध रुपमा भित्रिने समानहरुमा कडाइ गरिएको छ।

बैशाख २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्