दाङ – दाङमा एक हप्ता लकडाउन थपिएको छ । कोरोना संक्रमणको दर तिव्र गतिमा फैलिएको भन्दै जारी भईराखेको लकडाउनलाई आउदो जेठ १ गते सम्म लम्ब्याउने निर्णय भएको हो।

प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा शुक्रबार घोराहीमा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।

यस अघि गएको बैशाख १७ गते बिहान ६ बजेदेखी २५ गते शनिबार बेलुकी ६ बजे सम्मका लागी लकडाउन गर्ने निर्णय भएको थियो।

बैशाख २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्