काठमाडौँ उपत्यकामा ४ हजार १ सय ६ नयाँ संक्रमित

काठमाडौँ- काठमाडौँ उपत्यकामा थप ४ हजार १ सय ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३०८९, भक्तपुरमा ३७४ र ललितपुरमा ६४३ जनामा संक्रमण पुष्टि भएको हो।

यसैगरी, गत चौबीस घण्टामा १९ हजार ९८७ जनाको पीसीआर तथा ४९५ जनाको एन्टिजेन परीक्षण गरिएको छ।

नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढेसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्यामा पनि वृद्धि भएको छ।

मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्रै देशभर कोरोनाबाट ५० जनाको मृत्यु भएको हो।

यसैगरी शुक्रबार देशभर ९ हजार १ सय ९६ जना कोरोना संक्रमित थपिएका छन्।

बैशाख २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्