प्रचण्ड देउवालाई भेट्न बुढानिलकण्ठमा

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन्।

स्रोतका अनुसार उनी केहीबेर अघि देउवास निवास पुगेका छन्।

यसअघि उनले सभामुख अग्नी सापकोटासँग सापकोटाको सरकारी निवासमा करिव ४० मिनेट छलफल गरेका थिए।

एमाले एकता भएमा ओली नेतृत्वको सकार नढल्ने हो कि भन्ने चिन्तामा प्रचण्ड परेको बुझिन्छ।

साथै काँग्रेसलाई पनि ओलीले चुनावको बहानामा हातमा लिने हो कि भन्ने डर उनमा छ।

बैशाख २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्