काठमाडौँ – कोरोना संक्रमितको संख्या अत्याधिक बढेपछि महाराजगञ्जस्थित शिक्षण अस्पतालले बाहिरै राखेर उपचार सुरु गरेको छ।

बेड भरिभराउ भएपछि संक्रमितलाई पुराना बेड खोजेर बाहिरै उपचार थालिएको हो। केही दिनयता उपत्यकासहित देशैभर कोरोना संक्रमितको संख्या धेरै बढेको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्रै देशभर कोरोनाबाट ५० जनाको मृत्यु भएको छ भने ९ हजार १ सय ९६ जना कोरोना संक्रमित भएका छन्।

उपत्यकामा थप ४ हजार १ सय ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।