प्रदेश १ मा ७२५ संक्रमित थपिए, ६ जनाको मृत्यु

विराटनगर – प्रदेश १ मा कोरोना भाइरस कोभिढ १९ का ७ सय २५ जना नयाँ संक्रमित थपिएका छन्।

विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार शुक्रबार विभिन्न स्थानमा गरिएको १ हजार ५ सय ९९ जनाको पीसीआर परीक्षणका क्रममा ३ सय १३ महिला र ४ सय १२ जना पुरुषमा संक्रमण पुष्टि भएको हो।

शुक्रबार ५६ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन्।

मन्त्रालयका अनुसार मोरङमा ३ सय ५७, झापामा १ सय ४९, सुनसरीमा १ सय १२, उदयपुरमा १५, धनकुटामा १४, संखुवासभामा १३, इलाममा ९, ताप्लेजुङमा ७, खोटाङमा ६, भोजपुर र तेह्रथुममा समान १ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको छ।

मोरङको विराटनगर महानगरपालिकामा १ सय ३२ महिला र १ सय ४३ पुरुषसहित २७५ जनामा संक्रमण पुष्टि भएको छ।

यसैगरी मोरङको सुन्दरहरैचामा १५, उर्लाबारीमा ११, बेलबारी र बूढीगंगामा समान ८, धनपालथान, पथरीशनिश्चरे र कटहरीमा समान ७, रतुवामाईमा ४, मिक्लाजुङमा ३, जहदा, ग्रामथान , सुनबर्षी र स्थानीय तह नखुलेका समान २, रंगेली, केराबारी, लेटाङ र कानेपोखरीमा समान १ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।

झापाको विर्तामोडमा २७, दमकमा २३, कनकाई र भद्रपुरमा समान २०, गौरादहमा ९, कमल गाउँपालिकामा ७, अर्जुनधारामा ५, शिवसताक्षीमा २, गौरीगञ्जमा १ जनामा संक्रमण पुष्टि भएको छ।

सुनसरीको इटहरीमा ५६, धरानमा ३२, इनरुवामा ९, दुहवीमा ७, देवानगञ्जमा ३, बर्जुमा २, बराहक्षेत्र, रामधुनी र कोसी गाउँपालिकामा समान १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी, पहाडीक्षेत्रतर्फ, उदयपुरको त्रियुगामा १३, बेलका र चौदण्डीगढीमा समान १, धनकुटाको धनकुटा नगरपालिकामा १३ र स्थानीय तह नखुलेका १, संखुवासभाको खाँदबारीमा ११, चैनपुर र स्थानीय तह नखुलेकामा समान १, इलामको इलाम नगरपालिकामा ६, सुर्योदयमा २ र चुलाचुलीमा १, ताप्लेजुङको फुङलिङमा ५ र पाथिभरा याङवरकमा २ , खोटाङको साकेलामा ६, भोजपुरको आमचोक र ते¥हथुमको आठराईमा समान १ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण छ।

यससँगै प्रदेशभर हालसम्म कोरोना संक्रमितको संख्या ३६ हजार ६ सय ४५ पुगेको छ । त्यसैगरि, संक्रमित भएका मध्ये ३० हजार १ सय ६९ संक्रमणमुक्त भएको मन्त्रालयले प्रष्टाएको छ।

मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ९ सय ३३ पुगेको छ। त्यसैगरी, शुक्रबार प्रदेशभर ४ महिला २ पुरुष गरी कुल ६ जनाको उपचार क्रममा मृत्यु भएको छ।

बैशाख २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्