एयर इन्डियाको नयाँ दिल्ली-काठमाडौं उडानका यात्रु ६१ जना हुने

काठमाडौँ- सातामा दुईपटक काठमाडौँ आउने भारतको राष्ट्रिय ध्वजाबाहक एयर इन्डियाले एक उडानमा ६१ जना मात्र यात्रु लिएर आउने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तीमा एयर इन्डियाले एयर बबल सुविधाअन्तर्गत एकपटकमा ६१ जना यात्रु लिएर आउने उल्लेख छ। यसरी आउने यात्रुहरु होटल क्वारेन्टिनमा बस्नुपर्ने जनाइएको छ।

बिहीबार रातीदेखि नेपालले भारतसँग सातामा दुईपटक बाहेक अन्य सबै अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ।

बैशाख २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्