खोप खरिदमा बिचौलियाको चलखेलप्रति ट्रान्सपरेन्सी इन्टरनेसनलको ध्यानाकर्षण : खोप यथाशिघ्र उपलब्ध होस्

स्वास्थ्य मन्त्रालय। फाइल तस्बिर।

काठमाडौं- कोरोना भाइरसविरुद्धको खोप आपुर्तीमा विचौलियाको चलखेलप्रति ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ट्रान्सपरेन्सीले यथाशिघ्र खोप आपूर्तिको मागसमेत गरेको छ।

भारतको सिरम इन्स्टिच्युट अफ इन्डियासँग खरिद भएको र खरिद गर्ने भनिएको खोप कमिसन एजेन्टका कारण आउन ढिलाई भएको भन्दै यसमा सरकारका उच्च अधिकारीको संलग्नतालाई समेत जोडेर केही दिनयता लगातार समाचारहरु आइरहेका छन्।

४ बुँदे ध्यानाकर्षणको पहिलो नम्बरमा उल्लेख छ-सरकारले यधाशिघ्र खोप तालिका सार्वजनिक गर्नुपर्छ। खोप आपुर्ती किन रोकिएको हो, कुन देशबाट कति खोप अनुदानमा आयो,कति आउन बाँकी छ, कति खरिद भएर आयो कति आउन बाँकी छ, हाल खोपको मौज्दात कति छ र नयाँ कति खरिदको क्रममा छ भन्नेबारे जनतालाई सूचसुचित गराउनु पर्दछ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले स्वास्थ्य सम्बन्धी सामग्री र औषधीका लागि खुला करार प्रणाली अपनाउन, महामारीको समयमा स्वास्थ्य सामग्री खरिद कमिसनमा जनताको जनजिवनसँग खेलबाड गर्नेलाई कारबाही गर्न र विशेषज्ञको राय लिएर तीनै तहका सरकारले संयुक्त प्रयाश र कार्ययोजना बनाउन माग गरिएको छ।

 

 

बैशाख २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्