जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका संस्थापक अध्यक्ष शाहद्वारा कोरोना उपचारमा १ करोड ३५ लाख सहयोग

काठमाडौँ – जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज प्रालिका संस्थापक अध्यक्ष एवं नेपालका सबैभन्दा ठूलो व्यक्तिगत करदाता विजयकुमार शाहले कोरोना संक्रमितको उपचारका लागि एक करोड ३५ लाख रुपैयाँ सहयोग गर्ने भएका छन्।

कोरोना संक्रमित बिरामीको उपचार सहज होस् भनेर उक्त रकम धुलिखेल अस्पतालको आइसीयू र अक्सिजन सप्लाई प्रणाली उपकरणका लागि सहयोग गर्ने शाहले घोषणा गरेका हुन्।

 

बैशाख २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्