ट्र्याक्टर र मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

दाङ – दाङमा ट्र्याक्टर र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।
गढवा गाउँपालिका–७ बालापुरमा पश्चिमबाट पूर्वतर्फ आइरहेको रा.१त २४५० नम्बरको ट्र्याक्टर र पश्चिमतर्फ गइरहेको रा.५प २०९८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा गढवा–६ घोराहा निवासी ६० वर्षीय तिखाराम चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।

दुर्घटनामा परी मोटरसाइकल चालक गढवा–७ मानपुर निवासी ४८ वर्षीय चूडामणि पौडेल घाइते भएका छन्।
पौडेलको हातमा गम्भीर चोट लागेको छ।

लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि घोराही लगिएको छ। ठक्कर दिने ट्र्याक्टर र चालक दुबै प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

बैशाख २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्