लेस्टर सिटीलाई घरेलु मैदानमै न्यूक्यासलले पार्‍यो स्तब्ध

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा न्यूक्यासल युनाइटेड विजयी भएको छ ।

घरेलु मैदानमै भएको खेलमा लेस्टर सिटी न्यूक्यासल युनाइटेडसँग ४–२ ले पराजित गरेको हो । पहिलो हाफमा दुई गोल गरेको न्यूक्यासलले दोस्रो हाफमा थप दुई गोल गरेर दुई गोल खाएको हो ।

न्यूक्यासलका लागि क्यालम विल्सनले दुई (६४ र ७३ औँ मिनेट) तथा जो विलक (२२ औँ मिनेट) र पल डुमेट (३४ औँ मिनेट) ले एक–एक गोल गरे ।

लेस्टर सिटीका लागि ८० औँ मिनेटमा मार्क अलब्राइघ्टन र ८७ औँ मिनेटमा केलिची इहिनाचोले गोल गोल गरे पनि हार टार्न सकेनन् ।

जितपछि १३ स्थानको न्यूक्यासलको ३५ खेलबाट ३९ अंक भएको छ भने पराजित भएको लेस्टर सिटी ६३ अंकसहित तेस्रो स्थानमा छ ।

बैशाख २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्