लिले फ्रेन्च लिगको उपाधि नजिक

लिले एक दशकपछि फ्रेन्च लिग वान फुटबलको उपाधि जित्ने होडमा थप बलियो बनेको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा लिलेले लेन्सलाई ३–० ले पराजित गरेको हो ।

अवे मैदानमा भएको खेलमा लिगेका लागि यिल्माजले चौथो र ४० औँ मिनेटमा गरि दुई गोल गरे । यस्तै जोनथन डेविडले ६० औँ मिनेटमा गोल गरेका हुन् ।

३५ औँ मिनेटमा क्लेमेन्ट मिचेलिन दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि लेन्स १० खेलाडीमा सीमित भएको थियो ।

जित निकालेको शीर्ष स्थानको लिलेको ३६ खेलबाट ७९ अंक भएको छ । दोस्रो स्थानको पिएसजीको ३५ खेलबाट ७५ अंक रहेको छ ।
लिले सन् २०११ पछि पहिलोपटक उपाधि नजिक पुगेको हो ।

बैशाख २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्