अमेरिकाको प्रमुख इन्धन सेवा प्रदायकको हेडक्वाटरमा साइबर हमला, पाइपलाइन सेवा प्रभावित

अमेरिकाको प्रमुख इन्धन सेवा प्रदायकको हेडक्वाटरमा भएको साइबर आक्रमणका कारण उसको इन्धन पाइपलाइन सेवा प्रभावित भएको छ।

मेट्रो एट्लान्टामा रहेको कोलोनियल पाइपलाइनको हेडक्वाटरमा साइबर आक्रमणकारीले निशाना बनाएका हुन्।

आफ्ना केही सूचना प्रविधि प्रणालीमा साइबर आक्रमण भएपछि सावधानी स्वरुप केही पाइपलाइनबाट सेवा रोकिएको कोलोनियल पाइपलाइनले जनाएको छ।

केही दिन पाइपलाइन बन्द रहेमा इन्धनको अभाव तथा मूल्य वृद्धि हुन सक्ने विज्ञहरुले बताएका छन्। कम्यूटर प्रणाली साइबर आक्रमणको निशाना बनेको शनिबार जानकारी दिइएको हो।

कोलोनियल अमेरिकाको प्रमुख इन्धन पाइपलाइनमा पर्छ, जसले दैनिक १० करोड ग्यालिन इन्धन आफ्नो ५५ सय माइल लामो पाइपलाइन मार्फत वितरण गर्ने गरेको छ।

यसको सेवा टेक्सास र न्यूजर्सीसम्म फैलिएको छ। अमेरिकाको पूर्वी क्षेत्रमा प्रयोग हुने इन्धनको ४५ प्रतिशत हिस्सा कोलोनियलको रहेको छ।

बैशाख २६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्