जसपाका नेता ठाकुर र महतो भारतीय दूतावासमा

राजेन्द्र महतो र महन्थ ठाकुर।

काठमाडौँ– जसपाका नेता राजेन्द्र महतो र महन्थ ठाकुर आइतबार दिउँसो भारतीय दूतावास पुगेका छन्।

केहीबेर अघि उनीहरु दूतावास छिरेका हुन्।

यसअघि उनीहरु आफ्नो पार्टीको पदाधिकारी बैठकमा सामेल भएको बुझिएको छ।

त्यो भन्दाअघि उनीहरुले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए।

बैशाख २६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्