भक्तपुर प्रहरीद्वारा विभिन्न स्थानबाट अक्सिजन सिलिन्डर संकलन गरी अस्पताललाई वितरण

काठमाडौँ– महानगरीय प्रहरी परिसर भक्तपुर तथा मातहतका वृत्तहरुबाट संकलन गरिएका ९५ थान अक्सिजन सिलिन्डरहरु अस्पतालहरुमा वितरण गरिएको छ।

संकलितमध्ये केही खाली तथा केहि भरिएका सिलिन्डर कोरोना भाइरस संक्रमित बिरामीको उपचारार्थ अस्पतालहरुमा वितरण गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

प्रहरीले उद्योग कलकारखाना, कवाडी संकलन केन्द्रबाट संकलित २० थान भरिएको अक्सिजन सिलिन्डर र अन्य खाली अक्सिजन सिलिन्डर अस्पतालमा वितरण गरिएको हो।

प्रहरीले भक्तपुर इन्टरनेशनल हस्पिटल प्रालि लोकन्थलीमा १२ थान भरी, भक्तपुर अस्पतालमा ५० थान खाली र ५ थान भरी, नेपाल कोरिया मैत्री अस्पताल भक्तपुरमा २५ थान खाली सिलिन्डर र अल्का अस्पताल ललितपुरमा ३ थान अक्सिजन सिलिन्डर वितरण गरिएको हो।

बैशाख २६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्