पिएसजीलाई उपाधि होडमा गम्भीर धक्का

फ्रेन्च लिग वानको उपाधि होडमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई गम्भीर धक्का लागेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा पिएसजी रेनसँग १–१ को बराबरीमा रोकियो ।

अवे मैदानमा भएको खेलमा पहिलो हाफको इन्जुरी समयको छैटौँ मिनेटमा नेइमारले गोल गर्दै पिएसजीलाई सुरुवाति अग्रता दिलाएका थिए ।

गुइरासीले ७० औँ मिनेटमा रेनका लागि बराबरी गोल गरे । ८७ औँ मिनेटमा किम्पेम्बे सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि पिएसजी १० खेलाडीमा सीमित भयो ।

बराबरीपछि दोस्रो स्थानको पिएसजीको ३६ खेलबाट ७६ अंक भएको छ । शीर्ष स्थानको लिलेको ७९ अंक रहेको छ।

बैशाख २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्