स्रोत नखुलेको साढे १७ लाख रुपैयाँसहित एक जना पक्राउ

काठमाडौँ – बर्दिया प्रहरीले स्रोत नखुलेको साढे १७ लाख नेपाली रुपैयाँसहित राजापुरबाट एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कैलालीको टिकापुरका २९ वर्षीय गोपाल चौधरी रहेका छन्।

सु.प्र.१००८ प ८१४५ नम्बरको मोटरसाइकल चढेर आइरहेका चौधरीलाई जाँच गर्दा कालो झोलामा राखेको अवस्थामा उक्त पैसा बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले चौधरीको साथबाट एक थान ल्यापटप र मोबाइल पनि बरामद गरेको छ।

पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि राजस्व कार्यालय पठाइएको प्रहरीले जनाएको छ।

 

 

 

 

 

 

बैशाख २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्